अफ्गानिस्तानमा कार बम बिस्फोटमा परि ९ जनाको मृत्यु

१५ आश्विन २०७७, बिहीबार
सांकेतिक तस्वीर

विराटनगर । असोज १५

अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा अफ्गानी सैनिक लक्षित गरेर भएको कार बम बिस्फोटमा परेर पाँच सैनिक र चार जना सर्वसाधारणको ज्यान गएको छ ।

अहिलेसम्म अफगानिस्तानमा सक्रिय विद्रोही समूह तालिबान र इस्लामिक स्टेट दुबैले उक्त घटनाका बारेमा अाफ्नो प्रतिक्रिया नदिएको अफ्गानिस्तानका प्रान्तीय गभर्नरका प्रवक्ता ओमार ज्वाकले बताएका छन् ।

अफगानिस्तान सरकार र मुख्य विद्रोही तालिबान समूहबीच कतारको राजधानी दोहामा लगातार प्रत्यक्ष वार्ता भइरहे पनि अफगानिस्तानमा हिंसात्मक घटना निरन्तर भइरहेका छन् । तालिवानले पनि सरकार वार्तामा रहेपनि सैन्य कार्वाही नरोकेको अारोप लगाएको छ ।