कोरोना अपडेट : विराटनगरमा ६८ सहित प्रदेश एक मा १८२ जना थपिए

१५ आश्विन २०७७, बिहीबार

विराटनगर । असाेज १५

मोरङको विराटनगरमा ६८ जना सहित बिहिबार प्रदेशभर १८२ जना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार गरिएको ९७८ परीक्षणमा सो संख्यामा संक्रमित देखा परेका हुन्।

संक्रमित मध्ये मोरङका ९८, सुनसरीका ६८, झापाका ७, भजपुर र ताप्लेजुङका १/१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा २८६महिला र ४२ पुरुष थपिएका छन । त्यस्तै मोरङको जहदामा ६ महिला ११ पुरुष, केराबारीमा १ महिला, ग्रामथानमा १ महिला २ पुरुष, कटहरीमा १ महिला र १ पुरुष, धनपालथानमा ४ पुरुष, बुढीगङ्गामा १ महिला र स्थानीय तह नखुलेको १ पुरुषमा संक्रमण देखिएको हो ।

त्यस्तै सुनसरीको धरानमा ११ महिला र ३३ पुरुष, इटहरीमा ६ महिला र १३ पुरुष, रामधुनीमा १ महिला र २ पुरुष, दुहवीमा १ महिला र स्थानीय तह नखुलेको १ पुरुषमा संक्रमण देखिएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ८० पुगेको छ । त्यस्तै प्रदेश १ मा अाज १७४ जना डिस्चार्ज भएका छन् । हालसम्म ३ हजार २७३ जना डिस्चार्ज भएका छन् ।

हालसम्म १ लाख २४ हजार ७२३जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रदेशमा अाज १ महिला र २ पुरुष गरेर ३ जनाको मृत्युु भएको छ। यो सगै प्रदेशमा मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।