सरकारलाई नेविसंघको ध्यानाकर्षण : नेपाली भूमि माथिको अतिक्रमण कुनै हालतमा स्वीकार्य छैन ।

१५ आश्विन २०७७, बिहीबार

विराटनगर । असोज १५

नेपाल विद्यार्थी सङ्घले निजी विद्यालयहरुले कक्षा ११ को भर्नामा चर्को शुल्क लिएको भन्ने गुनासो अाएपछि त्यस्ता विद्यालयलाई कारबाही गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

नेविसंघका केन्द्रीय अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गर्दै भर्नाको समयमा निजी शैक्षिक संस्थाले चर्को शुल्क लिएको व्यापक गुनासो आएकाले तत्काल नियमन गरी आवश्यक कारबाही गर्नुपर्ने बताएका छन् ।

त्यस्तै विज्ञप्तिमा डा. गोविन्द केसीका माग तत्काल पूरा गर्नुपर्ने, सम्झना विकको बलात्कार तथा हत्यामा संलग्नहरुलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने, कालापानी क्षेत्र समेटिएको पाठ्यपुस्तक षड्यन्त्रपुर्वक रोकिएकोमा अापत्ति जनाउँदै त्यसलाई तत्काल सार्वजनिक गर्नुपर्ने, पिसिअार परिक्षण गर्न सर्वसाधारण रातभर लाइनमा लाग्नुपर्ने बाध्यात्मक परिस्थितिलाई अन्त्य गर्नुपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ ।

त्यस्तै हुम्लामा चीनद्वारा नेपाली भूमि मिचिएको स्थानीयको दाबी रहेकाले तत्काल सीमा सुरक्षाका लागि पहल गर्नुपर्ने र नेपाली भूमि माथिको अतिक्रमण कुनै हालतमा स्वीकार्य नभएको समेत विज्ञप्तिमा उल्लेख छ ।