Logo

भारतीय कांग्रेस नेता राहुल गान्धी प्रहरी हिरासतमा

Logo 2020-10-01 07-10    अभिमन्यु अभिजित

तस्वीर- साभार

विराटनगर । असोज १५

भारतीय काँग्रेस नेता राहुल गान्धी र नेतृ प्रियंका गान्धीलाई बिहिबार प्रहरीले हिरासतमा लिएको छ ।

बलात्कारको शिकार भएकी युवतीको परिवारलाई भेट्न दिल्लीबाट हाथरस जाने क्रममा प्रहरीले उनीहरूलाई निर्देशन अवज्ञा गरेको आरोपमा यमुना एक्सप्रेसबाट नियन्त्रणमा लिई हिरासतमा राखेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

गत सेप्टेम्बर १४ मा भारतको हाथरस भन्ने ठाउँमा १९ वर्षीया एक दलित परिवारकी किशोरीमाथि सामूहिक बलात्कार भएर गम्भीर अवस्थामा खेतमा फेला परेकी ती किशोरीको उपचारका क्रममा दिल्लीको एक अस्पतालमा मङ्गलवार मृत्यु भएको थियो ।

अस्पतालमा नै मृत्यु भएकी ती युवतीको शव प्रहरीले उत्तर प्रदेशस्थित उनको घर पुर्‍याएर प्रहरीले नै शव जलाएको थियो ।

प्रहरीको यस संवेदनहीन कामको विरोध अधिकारवादीहरुले र पिडित परिवारले गर्दै अाएका छन् भने भारतीय काँग्रेसले पनि यो घटनामा प्रहरीको आलोचना गर्दै आएको छ ।

यसै सन्दर्भमा राहुल गान्धीले हाथरस पुगेर पीडित परिवारलाई भेट्ने कार्यक्रम बनाएकोमा हाथरस जानेक्रममा उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?