ऋचा शर्माले पाेखिन् गृहमन्त्रीमाथि आक्रोश- यी नाम इतिहासमा लेखाजोखा हुनेछन्

१५ आश्विन २०७७, बिहीबार

विराटनगर । असाेज १५

गृहमन्त्री रामबहादुर थापा बादलले मङ्लबार राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा नेपालमा बलात्कारका घटना विश्वको तुलनामा निकै कम रहेको बताएपछि अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमा आक्रोश पोखेकी छिन् ।

हाल नेपालमा बलात्कारको घटना बढ्दै गईरहेका बेला गृहमन्त्रीको भनाइमा उनी आक्रोशित बनेकी हुन । उनले आफ्नो फसबुक वालमा एक स्टाटस हाल्दै आफ्नो आक्रोस पोखेकी हुन् । उनीले अहिलेको गृहमन्त्रीको वयान मात्र नभइ विभिन्न समयमा गृहमन्त्री बनेका नेताहरुले दिएको बयानमा आक्रोश पोखेकी हुन् ।

उनले पूर्व गृहमन्त्री बामदेव गौतमदेखि वर्तमान गृहमन्त्री रामबहादुर थापाले विभिन्न समयमा बलात्कारका बिषयमा दिएको बयान बारे बताएकी छिन् । यी नेताहरुले दिएका बयानहरुको याद राखिराख्नु पर्ने बताउदै उनले ईतिहासमा लेखाजोखा हुने बताएकी छिन् ।

अभिनेत्री शर्माले भनेकी छिन् :-
१. यस्तो बेला बलात्कार भैरहन्छ – भुकम्प पछि मा. गृहमन्त्री बामदेव गौतम
२. बलात्कार पुजिवाद ले गराएको हो – निर्मला हत्याकाण्ड पछि मा. गृहमन्त्री रामबहादुर थापा।
३. बलात्कार भनिएको केस मा ९०% महिला ले ईन्जोए गर्छन – मा. रामनारायण बिडारी।
४. दिन मा ७ जति मात्रै बलात्कार, चिन्ता लिनु पर्ने अवस्था होईन –  मा गृहमन्त्री रामबहादुर थापा।
याद राख्नुहोला यी नाम हरु, ईतिहास मा लेखाजोखा हुनेछ।