विद्युतीय गाडीको अन्तःशुल्क दर घटाउने निर्णय

१६ आश्विन २०७७, शुक्रबार

विराटनगर । असोज १६

मन्त्रीपरिषदको बैठकले विद्युतीय कारमा चालू अार्थिक वर्षको बजेटबाट लगाएको अन्तःशुल्क कर ८० प्रतिशतसम्मले घटाउने निर्णय गरेको छ ।

विद्युतीय गाडीमा चालु वर्षको आर्थिक ऐनबाट ४० प्रतिशत भन्सार र क्षमताअनुसार अन्तःशुल्क ३० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाएकोमा अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बिहिबारको बैठकले अन्तःशुल्कको दर घटाउने निर्णय गरेको हो।

मन्त्रीपरिषदले ३० प्रतिशत अन्तःशुल्क लाग्ने ५० किलोवाटसम्मका गाडीमा ८० प्रतिशत, ५१ देखि १०० किलोवाटसम्मका गाडीमा ७५ प्रतिशत र १०१ देखि १५० किलोवाट क्षमताका गाडीमा ७० प्रतिशत अन्तःशुल्कमा छुट दिने निर्णय भएको हो ।