झापामा लागूअौषध सहित एक पक्राउ

१६ आश्विन २०७७, शुक्रबार
सांकेतिक तस्वीर

विराटनगर । असोज १६

झापामा लागूअौषध सहित प्रहरीले एक भारतीय नागरिकलाई बिहिबार पक्राउ गरेको छ ।

प्रहरीले झापाको सीमावर्ती गाउँपालिका कचनकवल–१ बाट ब्राउनसुगरसहित भारत बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलमलाई पक्राउ गरेको हो ।

प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपालतर्फ आउँदै गर्दा कचनकवल–१ स्थित बगानमा जाँच गर्ने क्रममा जिल्ला प्रहरीको कार्यालय झापाको टोलीले आलमको साथबाट ११.६५ ग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।

आलमलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र अाज म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइने थापाले जानकारी दिएका छन् ।