अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण

१६ आश्विन २०७७, शुक्रबार

वासिङ्टन। असोज १६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनकी पत्नी मोलानिया ट्रम्पलाई समेत कोरोना पुष्टि भएको ट्रम्पले ट्वीट गरेका छन् ।
ट्रम्पले आफूलाई कोरोना संक्रमण पोजिटिभ देखिएको र अब क्वारेन्टीन बस्ने बताएका हुन्।

नोभेम्बर ३ मा हुने राष्ट्रपतीय चुनावको दौरानमा संक्रमण देखिएकाले कति दिन क्वारेन्टीनमा बस्ने हुन् भन्ने अन्तर्राष्ट्रिय चर्चा चल्नथालेको छ।

कोरोनालाई चाइनिज भाइरस भनी आलोचना गर्दै आएका ट्रम्पलाई नै कोरोना संक्रमण पुष्टि अर्को लोचक बिषय पनि बनिरहेको छ। चुनावको तयारी व्यापक गरिरहेका ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएपछि सो अभियान प्रभावित हुनसक्ने आँकलन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन्।

करीब ७० लाख जना संक्रमित भएको अमेरिकामा कोरोनाका कारण २ लाख ७ हजारले ज्यान गुमाएका छन्।