विराटनगरबाट प्रतिबन्धित भारतीय नोट सहित एकजना पक्राउ

१६ आश्विन २०७७, शुक्रबार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर । असाेज १६

नेपालमा प्रतिबन्धित भारतीय नोट सहित एकजनालाई विराटनगरमा प्रहरी पक्राउ गरेको छ। इटहरी ६ मा बसोबाश गर्दै आएका धनुषाका सन्तोष महतोलाई अवैध रूपमा नोट ओसारपसारमा संलग्न रहेकाले पक्राउ गरिएको हो।

नेपालमा हाल प्रतिबन्ध लागेका पाँच सयका भारु नोट सहित सशस्त्र प्रहरी बल रानीको टोलीले विराटनगरबाट पक्राउ गरेको सशस्त्रका मोरङ एसपी तीर्थ पौडेलले जानकारी दिए।

महतोको साथबाट १ लाख ३२ हजार स्रोत नखुलेको भारतीय रूपैयाँ पाइएपछि नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

नेपाली रूपैयाँ २ लाख १२ हजार रहेको सो अवैध रकम पनि बरामद गरिएको र संलग्नलाई विदेशी विनिमय ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।