Logo

कक्षा बाह्रकाे परीक्षा कुनै हालतमा हुन्छ : शिक्षामन्त्री पोख्रेल

Logo 2020-10-02 04-10    अभिमन्यु अभिजित

विराटनगर। असोज १६

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले कक्षा बाह्रको परीक्षा कुनै हालतमा हुने बताएका छन्। कोरोना कहरबाट हुन नपाएको एस इइ परीक्षा नभएजस्तै कक्षा बाह्रको पनि परीक्षा नहुने कतिपय अनुमान भइरहेका बेला मन्त्री पोख्रेलले सो कुरा बताएका हुन्।

विद्यालयीय कक्षाको अन्तिम बर्ष र विश्वविद्यालय प्रवेशको आधार मानिने बाह्र कक्षाको परीक्षा रद्द गर्न नमिल्ने उनले बताए।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आवेदन फाराम भरेकाहरूको अभिलेख सङ्कलन गरिरहेको छ। जिल्लान्तर भएका विद्यार्थीलाई होम सेन्टर बनाएरै भए पनि केही महिनाभित्र परीक्षा गराइने मन्त्रीको भनाइ छ।


लोकप्रिय छुटाउनुभयो कि ?