विराटनगरमा १२३ सहित प्रदेशमा १९७ थपिए, संक्रमितकाे संख्या सात हजार नाघ्याे

१६ आश्विन २०७७, शुक्रबार

विराटनगर। असोज १६

मोरङको विराटनगरमा १२३ जना सहित प्रदेशभर १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ९५८ जना मा गरिएको पिसीआर परीक्षणमा सो संख्यामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार विराटनगरमा ४७ महिला ७६ पुरुष रलेका छन् भने रंगेलीमा १ महिला र २ पुरुष छन्। सुन्दरहरैंचामा ४ महिला ५ पुरुष, पथरीमा २ महिला ७ पुरुष तथा बूढीगंगा र कटहरीमा १/१ पुरुष रहेका छन्।

यसैगरी सुनसरीको धरानमा २ महिला ३ पुरुष, हरिनगरका २ पुरुष, इटहरीका २ महिला ७ पुरुष, गढी गाउँपालिकाका १ पुरुष, दुहवीका ३ पुरुष तथा नखुलेको २ पुरुष रहेका छन्।

उता झापाको भद्रपुरमा २/२ महिला पुरुष, मेचीनगरका ४ महिला ९ पुरुष, दमक र बिर्तामोडका १/१ पुरुष तथा कनकाईका २ पुरुष रहेका छन्।

तेह्रथुमका २ जना र प्रदेश बाहिरका ५ रहेको पनि मन्त्रालयले सार्वजनिक गरेको छ।

प्रदेशमा गत २४ घण्टाभित्र मोरङका जम्मा एकजनाले ज्यान गुमाएका छन् भने विभिन्न आइसोलेसनबाट ६३ महिला र १०३ पुरुष संक्रमण मुक्त भएका छन्।

यो संगै संक्रमितको जम्मा सङ्ख्या सात हजार नाघेर ७१७७ पुगेको छ । जसमध्ये ३६६३ जना उपचाररत छन् भने बाँकी ३४३८ जना निको भएर फर्किएका छन्। हालसम्म प्रदेशमा २१ महिला ५५ पुरुष गरी ७६ जनाले ज्यान गुमाएका छन्।