
विराटनगर । असाेज १६
संघीयता कार्यान्वयनको महत्वपूर्ण खुड्किलो मानिएको प्रदेश राजधानी तोक्ने र नाम राख्ने काममा सरकारले धेरै ढिलासुस्ती देखायो। वाग्मती, कर्णाली, गण्डकी र सूदुरपश्चिम बाहेकका प्रदेश १,२ र ५ को नामकरण आजसम्म हुन सकेको थिएन।
प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री केसीले प्रदेश सरकारको निर्णय अनुसार स्थायी राजधानी र नामाकरण प्रस्ताव पेश गरेका थिए।
केसीले दाङको राप्ती वा गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा गाउँपालिका जोडेर देउखुरीमा प्रदेशको राजधानी बनाउने र नाउँ लुम्बिनी राख्ने प्रस्ताव गरेपछि नेपाल विद्यार्थी संघले विरोध गरेको छ।
लगभग दिउँसो १ बजेदेखि टायर बालेर गरिएको प्रदर्शन जारी रहेको बताइएको छ। बुटवलबाट राजधानी सार्न लागिएको विरोधमा प्रदर्शन भइरहेको बुझिएको छ।
सडकमा गुडेका प्रदेशसभाका गाडीहरू तोडफोड तथा आगजनी समेत भएको छ। लगभग निश्चित जस्तो बनेको सो प्रस्तावको विरोधमा प्रदर्शन अझ बढ्ने देखिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। भगवती पाण्डेले तयार पारेको यसबारे थप समाचार सेतोपाटीमा प्रकाशित छ।