आजकाे माैसम अपडेट

१७ आश्विन २०७७, शनिबार

विराटनगर । असाेज १७

बंगालको खाडीको मध्य पश्चिम तथा उत्तर पश्चिम भागमा न्युन चापीय क्षेत्र रहेकोले अाज देशका पूर्वी भागमा अांशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ । पूर्णरूपमा मौसम सफा हुन आगामी केही दिन अझै लाग्ने महाशाखाले जनाएको छ ।

आइतबार राती प्रदेश १,प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुने महाशाखाकाे अनुमान छ ।