कोशीमा उपचाररत कोरोना संक्रमित वृद्धाको मृत्यु

१७ आश्विन २०७७, शनिबार

विराटनगर । असोज १७

विराटनगरको कोशी अस्पतालमा उपचाररत ६८ वर्षीया कोरोना संक्रमित वृद्धाको शनिबार बिहान मृत्यु भएको छ ।

मृत्यु हुने विराटनगर महानगरपालिका–३ घर भएकी वृद्धालाई दम र खोकीको पुरानो समस्या रहेको बताइएको छ । उनको आज बिहान २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

गम्भीर अवस्थामा रहेकि उनलाई असोज ११ गते कोरोना संक्रमण पुष्टि भएसॅगै आइसोलेसनमा भर्ना गरेर तत्काल उपचार थालिए पनि उपचार सफल हुन नसकेको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले बताएका छन् ।