विपिमा थप एक कोरोना संक्रमितको मृत्यु, संक्रमितमा कुनै लक्षण थिएन

१७ आश्विन २०७७, शनिबार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर । असोज १७

सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत महोत्तरी घर भई इनरुवा ४ बस्ने २८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. अाशिष श्रेष्ठका अनुसार कुनै दीर्घरोग नभएकी उनको आज बिहान ४ः३० बजे मृत्यु भएको हो ।

असोज ८ गते कोरोना पुष्टि भएर अस्पताल भर्ना भएकि उनको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । यो सँगै प्रतिष्ठानमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।