डा. गोविन्द केसीका समर्थकलाई दमक प्रहरीको अवरोध (भिडियाे सहित)

१७ आश्विन २०७७, शनिबार

विराटनगर । असोज १७

झापाकाे दमक प्रहरीलेमा शुक्रबार २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा स्वतन्त्र रुपमा निस्किएका युवाहरूमाथि दमन गरेको छ ।

 

स्वास्थ्य क्षेत्रमा रहेको माफियाको अन्त्य र कर्णाली प्रदेशमा एमबीबीएसको पढाइ सुरु गर्नुपर्ने माग सहित डा. केसी अनशनमा रहेका छन् । अनशनमा बसेका डा. केसीको समर्थनमा निस्किएको स्वतन्त्र युवाको जमातलाई प्रहरीले रोक लगाएको छ ।

“स्वतन्त्र रुपमा डा. केसीको समर्थनमा निस्किएको युवाहरुलाई प्रहरीले अवरोध गरेको छ” प्रदर्शनमा संलग्न युवा दिपक खरेलले भने, ” प्रहरी सरकारको कठपुतली रहेछ । सरकारको समर्थनमा प्रदर्शन गरे साथ दिन्छ, विरोध गरे अवरोध गर्छ।”

सरकारले तत्काल २० दिनदेखि अनशनरत डा. केसीको माग सम्बोधन गर्नुपर्ने खरेलले बताएका छन् । उनले शान्तिपूर्ण प्रदर्शनमा निस्किएकामाथि प्रहरीले दमन र पक्राउ गर्नुबाट सरकार सत्याग्रहीसँग कति डराएको रहेछ भन्ने प्रष्ट भएको जनाएका छन् ।

स्वास्थ्य जस्तो संवेदनशील कुरामा पनि सरकारको हेल्चेक्राई प्रवृत्तिको विरोधका लागि पनि अाज बेलुका ३ बजेदेखि ५ बजेसम्म प्रदर्शन जारी रहने बताइएको छ ।