
विराटनगर । असोज १७
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) अाज दिउँसो ४ बजे बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।
अाजको बैठकमा सरकारले गरेको राजदूत नियुक्ति, प्रदेश ५ को राजधानी तोक्ने विषय, मन्त्रिमण्डल पुर्नगठनलगायतका विषयमा छलफल हुने बताइएको थियो ।
प्रधानमन्त्री ओलीले एकलौटी रुपमा राजदूत नियुक्ति गरेकोमा माधव कुमार नेपाल र प्रचण्ड पक्षले असन्तुष्टि जनाएका छन् ।अाज बस्ने भनिएको बैठकमा यसै विषयमा तीव्र असन्तुष्टि जनाउने तयारी रहेको थियो ।