अजरबैजानका तीन लडाकु विमान अर्मेनियाले खसायाे

१७ आश्विन २०७७, शनिबार

विराटनगर । असोज १७

अर्मेनिया-अजरबैजान नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा शनिबार बिहान अजरबैजानका तीन ओटा फाइटर जेट विमान अर्मेनियाले झारिदिएको अर्मेनियाली रक्षा मन्त्रालयले जनाएको छ ।

यसअघि अर्मेनियाले अजरबैजानका भिडन्तका क्रममा तीन हजारभन्दा बढी सैनिक गुमाएको जनाएको थियो ।

अर्मेनियाको रक्षा मन्त्रालयले जारी विज्ञप्तिमा भनेको छ–शनिबार बिहान करिब ८ः२५ तिर एक र ८ः४६ तिर अरु दुइ ओटा गरी हामीले शत्रुका तीन ओटा जेट विमान खसालिदिएका छौँ ।

रक्षा मन्त्रालयका प्रवक्ता सुसन स्टेपानियानले अाफ्नो फेसबुक पेजमा समेत सो कुरा उल्लेख गरेका छन् । सो क्षेत्रमा शनिबार पनि द्विपक्षीय भिडन्त जारी नै छ ।