उदयपुरमा काेराेना फैलिँदाे क्रममा, बेलका नगरपालिकाका मेयर सहित ६ कर्मचारीमा कोरोना पुष्टि

१७ आश्विन २०७७, शनिबार

विराटनगर । असोज १७

सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा शनिबार गरिएको परीक्षणबाट उदयपुरको बेलका नगरपालिकाका मेयरसहित ६ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीका अनुसार नगरपालिकाका ५४ वर्षीय मेयरसहित अन्य ४ पुरुष र एक महिलामा कोरोना पुष्टि भएको हो ।

एक साताअघि मेयरका ८२ वर्षीय बुवालाई उपचारका क्रममा प्रतिष्ठानमा कोराना देखिएपछि कन्ट्रयाक ट्रेसिङ्गमा परेका ६ जनामा नै संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये एक जना स्वास्थ्यकर्मी रहेको सुवेदीले बताएका छन् ।

मेयरमा कोरोना पुष्टि भएपछि नगरपालिकाका सबै जनप्रतिनिधि र कर्मचारी कन्ट्रयाक ट्रेसिङमा परेका छन् । मेयरमा नै संक्रमण पुष्टि भएपछि स्थानीयमा त्रास फैलिएको छ ।