प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालमा काेराेना पुष्टि

१७ आश्विन २०७७, शनिबार
तस्विर- रिमालकाे ट्वीटर

विराटनगर । असाेज १७

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल कोरोना संक्रमित भएका छन्।

रिमालले समाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै आफूमा कोरोना पोजिटिभ देखिएको जानकारी गराएका हुन् । रिमालले यसबीचमा आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न पनि आग्रह गरेका छन्।

‘हिजो गरिएको पीसीआर परीक्षणमा ममा पनि कोरोना पोजिटिभ देखियो’, उनले ट्विटरमा लेखेका छन् ।  ‘यस बीच मसँग सम्पर्कमा आउनु भएका सबै महानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।’