
विराटनगर । असोज १८
विराटनगरको कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षीय कोरोना संक्रमित एक पुरुषको आइतबार बिहान मृत्यु भएको छ ।
विराट मेडिकल कलेजमा उपचाररत विराटनगर-९ का ती पुरुषमा असोज १६ गते कोरोना पुष्टि भएपछि असोज १७ गते कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो ।
मधुमेहको पुराना रोगी रहेका उनको उपचारको क्रममा अाइतबार बिहान ८:३५ बजे मृत्यु भएको अस्पतालका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिएका छन् ।