
विराटनगर । असोज १८
मोरङको बुढीगंगा-१ को कोशी राजमार्गमा मोटरसाईकलको ठक्करबाट सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।
गएराती लु ६१ प २५०२ नम्बरको मोटरसाईकलले सडकमा पैदल हिँडिरहेका प्रहरी सहायक निरीक्षक कमलप्रसाद तावाहाङलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत तावाहाङ हाल बिदामा घर आएका थिए । उनलाई ठक्कर दिने मोटरसाईकल नियन्त्रणमा लिइएको छ भने चालक भने फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाइएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेजमा उपचारको क्रममा आइतबार बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।