आइतबारको सुनचाँदी बजार

१८ आश्विन २०७७, आईतवार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर । असोज १८

आज सुनको मूल्यमा दुई सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला ९४ हजार ३ सयले कारोबार भएको छापावाल सुन आज प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय कायम रहेकोमा अाज प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।