सरकारको अन्तर्राष्ट्रिय उडानको चाल सुस्त, फर्कन लागेका डेढ लाख बढी नेपाली अलपत्र

१८ आश्विन २०७७, आईतवार
साभारित तस्वीर

विराटनगर । असोज १८

कोरोना भाइरसका कारण वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका करिब डेढलाख नेपाली देश फर्काउनुपर्ने अवस्थामा छन् । तर सरकारले उडान संख्या नबढाउँदा लाखौं संख्याका नेपाली विदेशमा नै अलपत्र परेका छन्।

अहिले सरकारले दैनिक रुपमा ८ सय नेपालीलाई मात्रै फर्काइरहेको अवस्थामा डेढलाख नेपालीलाई देश फर्काउन ६ महिनाभन्दा बढी समय लाग्ने देखिन्छ ।

सरकारले नियमित उडान थप गरेर अलपत्र परेका नागरिकलाई तत्काल उद्धार गर्नुपर्ने राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले बताएका छन् ।

भारतलगायतका देशमा रहेका ३२ लाख भन्दा बढी कार्यरत नेपालीलाई यही पारामा फिर्ता ल्याउँदा १२ वर्ष लाग्ने उनको भनाइ छ।

करार अवधि सकिएर दैनिक वैदेशिक रोजगारीबाट १ हजार ५ सय फर्कने राष्ट्रिय मानव अधिकार अायोगको अध्ययन छ । फागुनदेखि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा लाखौंको संख्यामा नेपाली विदेशमा नै अलपत्र परेका हुन् ।