काेराेना कहर : सर्वाेच्चका न्यायाधीशहरूमा पनि संक्रमण

१८ आश्विन २०७७, आईतवार
सर्वाेच्च अदालत । फाइल फाेटाे

विराटनगर । असाेज १८

सर्वोच्च अदालतका न्यायाधीशलाई कोरोना संक्रमण भएको छ । अदालतका न्यायाधीश, अधिकृत र केही कर्मचारीमा कोरोना देखिएको सर्वोच्च अदालतले सूचना जारी गरेकाे छ।

सर्वाेच्चले आइतबार प्रकाशित विज्ञप्तिमा केही न्यायाधीश, अधिकृत र कर्मचारी संक्रमित भएको बताएको छ । कति जनालाई संक्रमण देखिएको भन्ने बारे जानकारी छैन। संक्रमितहरू होम आइसोलेसनमा रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।