Logo

चिनियाँ दूतावास अगाडि प्रदर्शनको तयारीमा रहेका युवाहरू पक्राउ

Logo 2020-10-04 02-10    अभिमन्यु अभिजित

तस्विर- पहिलाे पाेस्ट

विराटनगर । असोज १८

नेपाली भूमिमाथि चीनको अतिक्रमणको विरोध गर्दै चिनियाँ दूतावासअघि प्रदर्शन गर्ने तयारीमा रहेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रदर्शनको तयारी गर्दा गर्दै उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

हुम्ला जिल्लाको लिमी र लाप्चा बीचमा रहेको नेपाली भूमिमा चिनियाँ पी एल ए ले ९ वटा अनधिकृत भवन निर्माण गरेकाे विराेधमा यस अघि पनि चिनियाँ दूतावास अगाडी प्रदर्शन भएकाे थियाे ।

हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले सिमा मिचिएकाे बताएपछि केही दिन अघि हुम्ला सदरमुकामबाट सिडिओसहितको टोली स्थलगत अध्ययनका लागि जाँदा चिनियाँ पक्षले नेपाली भूमिमा नभएर आफ्नै भूभागमा भवनहरू बनाएको दाबी गरेको थियाे ।

टोली सहित गएका सिडियोले चीन र नेपालबीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तम्भ भेटिएपछि सीमामा कुनै समस्या नभएकाे बताएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?