डा. केसीको स्वास्थ्यमा समस्या, अक्सिजन दिन थालियो

१८ आश्विन २०७७, आईतवार

विराटनगर । असोज १८

चिकित्सा क्षेत्रमा रहेको माफियाको अन्त्य र कर्णाली प्रदेशमा तत्काल एमबीबीएसको पढाइ सुचारु गर्नुपर्ने माग सहित २१ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या उत्पन्न भएको छ ।

उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अक्सिजन दिन थालिएको केसीका सहयोगीले बताएका छन् । छातीमा अत्याधिक पीडा महसुस भएसँगै शरीरमा अक्सिजनको मात्रा घटेकोले अवस्था गम्भीर रहेको जनाइएको छ ।

जुम्लाबाट अनशन शुरु गरेका उनलाई काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।