विराटनगरमा ६९ सहित प्रदेश एक मा १७९ जना थपिए

१८ आश्विन २०७७, आईतवार

विराटनगर । असाेज १८

मोरङको विराटनगरमा ६९ जना सहित अाइतबार प्रदेशभर १७९ जना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार अाइतबार गरिएको ६६६ परीक्षणमा सो संख्यामा संक्रमित देखा परेका हुन्।

संक्रमित मध्ये मोरङका ८७, सुनसरीका ६४, झापाका १८, खोटाङका ५, उदयपुरका १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा २६ महिला र ४३ पुरुष थपिएका छन । त्यस्तै मोरङको कानेपोखरीमा २ महिला ८ पुरुष, कटहरी र बुढीगङ्गामा समान १ महिला १ पुरुष, जहदा, धनपालथान, सुन्दरहरैचा, सुनवर्षीमा १/१ पुरुषमा संक्रमण देखिएको हो ।

त्यस्तै सुनसरीको इनरुवामा ६ महिला र ८ पुरुष, इटहरीमा १९ महिला र २२ पुरुष, बर्जुमा २ महिला र २ पुरुष, देवानगञ्जमा १ महिला र स्थानीय तह नखुलेको २/२ महिला पुरुषमा संक्रमण देखिएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ६ सय ११ पुगेको छ । त्यस्तै प्रदेश १ मा अाज ३६३ जना डिस्चार्ज भएका छन् । हालसम्म ४ हजार ८८ जना डिस्चार्ज भएका छन् ।

हालसम्म १ लाख २७ हजार ५५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रदेशमा अाज १ पुरुषको मृत्युु भएको छ। यो सगै प्रदेशमा मृत्यु हुनेको संख्या ८० पुगेको छ ।