युवाहरु द्वारा अग्रपंक्तिमा खट्ने लाई सहयोग

२० आश्विन २०७७, मंगलवार

बिराटनगर, युवाहरु द्वारा जिल्ला प्रहरी कार्यलय मोरङ लाई २०० वटा KN95 र १००० वटा सर्जिकल मास्क हस्तान्तरण गरिएको छ । लकडाउन खुले पनि कोरोना भाइरस को डर भने कायमनै छ र यो संक्रमण को बेला अग्रपंक्तिमा खट्ने मोरङ प्रहरी को २०० जाना प्रहरी लाई प्रतेक लाई एउटा KN95 मास्क र ५ वटा सर्जिकल मास्क सहयोग गरिएको युवा अभियानता रमेश शर्माले जानकारी दिए ।

उक्त कार्यक्रममा मोरङ जिल्ला प्रहरी प्रमुख सन्तोष खड्का, मान बाहादुर राई, रमेश शर्मा, उदित नारायण शाह, नवरतन ठाकुर, कमल शाहरअन्य प्रहरी अधिकृत हरु को उपस्थिति थियो ।