
विराटनगर । असाेज २०
मोरङको विराटनगरमा एकैदिन १५० जना संक्रमित थपिएको छ ।यो अहिलेसम्मकै उच्च दैनिक संक्रमण संख्यामा हो ।पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा १५० जनामा संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ। ६९ महिला र ८१ पुरुष गरी विराटनगरमा कोरोना संक्रमितको संख्या २ हजार ८६९ पुगेको छ ।
मोरङको सुन्दरहरैचामा १३ महिला र ८ पुरुष,
कटहरीमा ७ महिला १२ पुरुष,
बुढीगंगामा १ महिला र ४ पुरुष,
रंगेलीमा १ महिला र २ पुरुष,
धनपालथानमा १ महिला र २ पुरुष,
रतुवामाईमा ३ पुरुष, जहदा,
कानेपोखरी र पथरीशनिश्चरेमा १–१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।