कोरोना संक्रमितको संख्या नेपालमा ९० हजार नाघ्यो

२० आश्विन २०७७, मंगलवार

विराटनगर, २० असोज ।

मंगलबार नेपालमा थप १५ सय ५१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ४७ जनाको परीक्षणमा थप १५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ ।यससँगै कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या संख्या ६७ हजार ५४२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २३ सय ४० जना कोरोनालाई जितेर घर फर्किएका छन् । कुल संक्रमितमध्ये ७४.३ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले जानकारी दिए ।