मोरङको जहदा गा.पा. मा घरबाट अवैध भण्डारण गरी राखेको गहँु बरामद

२० आश्विन २०७७, मंगलवार
प्रतीनिधीमुल्क तस्विर

विराटनगर,२० असोज

मोरङको जहदा गाउँपालिका वडा नं.१ स्थित धर्मचन्द्र साहको घरबाट अवैध भण्डारण गरी राखेको गहँु प्रहरीले बरामद गरेको छ । भारतबाट चोरी पैठारी गरी भण्डारण गरिरहेको जानकारी आएपछि प्रहरीले निजको घरबाट ६० केजीको दरले १०४ बोरा गहुँ बरामद गरी मूल भन्सार कार्यालय रानीमा बुझाउने कार्य भइरहेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

यसैगरी, सोही गाउँपालिका वडा न.७ स्थित तारेगामा सीमा नाकामा नेपालबाट भारततर्फ लैजाँदै गरेको ५० बोरा दाल आजै प्रहरीले पक्राउ गरी भन्सारमा बुझाउने तयारी भइरहेको बताइएको छ (रासस)