
विराटनगर । असाेज २१
नेपाली बजारमा आज सुनको भाउ घटेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो । आज बुधबार सुन ८ सयले नै घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुन ९४ हजार १०० मा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको आजको मूल्य ९३ हजार ६ सय कायम गरिएको छ ।