छिमेकी बालिकालाई जबर्जस्ती करणी गर्न लागेको आरोपमा किशोर पक्राउ

२१ आश्विन २०७७, बुधबार
सांकेतिक तस्वीर

विराटनगर। असाेज २१

मोरङको सुन्दरहरैंचा नगरपालिकामा छिमेकी बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गर्न लागेको आरोपमा १५ बर्षीय किशोर पक्राउ परेका छन्।

घरमै खेलिरहेका बेला किशोरले बिस्कुट दिई बालिकालाई नजीकै रहेको केराघारीमा लगी जबर्जस्ती गर्न खोजेपछि बालिका चिच्याएपछि छिमेकीहरूले थाहा पाएका थिए।

बालिकाका परिवारले प्रहरी चौकी गछियामा उजुरी दिएपछि बालकलाई पक्राउ गरिएको र बेलबारी प्रहरीमा बुझाइएको प्रहरीले जनाएको छ।

बेलबारी प्रहरी प्रमुख गुणराज बूढाथोकीका अनुसार जबर्जस्ती करणी मुद्दा दर्ता गराई कारबाही प्रक्रिया थालिएको छ।