पर्व नजिकिएसँगै भन्सार छल्नेको विगविगी, चार लाख बढीको सामान बरामद

२१ आश्विन २०७७, बुधबार
विराटनगरस्थित भारतीय सीमा नाका जेागवनी , फाइल तस्वीर संकेतका लागि

विराटनगर। असोज २१

मोरङका विभिन्न सीमाना भएर नेपाल- भारत चोरी पैठारीका घटना बढिरहेको छ। कोरोनाको सन्त्रासले सीमा नाका बन्द भएका अवस्थामा भारतीय बजारबाट अवैध समान भित्रिने क्रम बढिरहेको मोरङ प्रहरीले जनाएको छ।

हिजो धनपालथानबाट ९० बोरा अवैध मटर बरामद भएको थियो। नेपालबाट भारत निकासी गर्ने क्रममा गडेरिया क्षेत्रबाट बरामद गरिएको थियो। मोरङका प्रहरी प्रमुख सन्तोष खड्काका अनुसार उक्त परिमाणको मटर खरीद बिक्रीबारे बिल नभएपछि बरामद गरिएको हो।

विभिन्न भन्सार भएर लत्ता कपडा खाद्यान्न लगायत सामान भन्सार छलेर ल्याउने काम भइरहेको छ। व्यापारीहरूले अवैध रूपमा भित्र्याएको काजु र जिरा पनि बरामद भएको छ। सबै अवैध सामाग्रीको अनुमानित मूल्य ४ लाख बढी छ।

प्रत्येक दिन प्रहरीको आँखा छलेर अवैध सामन ओसार पसार बढिरहेकाले नाकामा कडाई गर्न लागिएको खड्काले बताए।