देशभर संक्रमणले फट्काे मार्ने क्रम जारी, एकै दिन ३४३९ संक्रमित थप

२१ आश्विन २०७७, बुधबार

विराटनगर । असाेज २१

देशभर गत २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा साे संख्यामा संक्रमित देखिएका हुन् ।

थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् । साेसँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

जम्मा ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त पनि भएका छन् । बितेकाे २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभर २५ हजार ७ संक्रिय संक्रमित छ ।