बुबाको हत्या अभियोगमा पक्राउ

२१ आश्विन २०७७, बुधबार
सांकेतिक तस्वीर

तम्घास, २१ असोज  ः

गुल्मीमा आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका –४ दोहोलीका २८ वर्षीय अनिल बस्नेत मङ्गलबार साँझ पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयले इस्मा – १ हर्पुकोटस्थित आफन्तका घरबाट बस्नेतलाई पक्राउ गरेको हो । उनले गत आइतबार ६० वर्षीय बुबा

दिलबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको उपचारका लागि बुटबल लैजाँदै गर्दा बाटामै ज्यान गएको थियो । बुबाको हत्या गरेर फरार अनिलको खोजी गर्नेक्रममा सुराकीका आधारमा फुपू दिदीका घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्थले जानकारी दिनुभयो ।

अनीलले अपराध स्वीकार गरिसकेको बताइएको छ । अहिले उनी प्रहरी हिरासतमै रहेको र कानूनी प्रक्रिया पु¥याएर कारागार चलान गरिने पन्थले बताउनुभयो ।(रासस)