विद्युत मर्मत गर्ने क्रममा क्रेनबाट खस्दा विराटनगरमा एककाे मृत्यु

२१ आश्विन २०७७, बुधबार

विराटनगर । असाेज २१

विराटनगरका एकजना प्राविधिककाे विद्युत मर्मत गर्ने क्रममा क्रेनबाट झरेर मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगरका ४० बर्षीय अशाेक चाैधरी रहेका छन् ।

बुढिगंगा स्थित आरती स्ट्रिप फ्याक्ट्रीमा बिजुलीको काम गर्ने क्रममा अचानक इलोक्ट्रिक सर्ट भएकाे थियाे । करेन्टकाे झड्काले लाग्दा चौधरी दुई तलामाथि क्रेनबाट झरेका थिए । सामान बाेक्ने क्रेनमाथि चढेर मर्मत गरिरहेका बेला अचानक करेन्ट लागेकाे थियाे ।

गम्भीर घाइते भएका चाैधरीकाे नाेबेल अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे प्रहरीले बताएकाे छ । विद्युतकै काम गर्दै अाएका चाैधरीकाे मृत्युबारे थप अनुसन्धान भइरहेकाे छ । उनको शव पोस्टमार्टमका लागि काेशी अस्पताल लगिएकाे मोरङ प्रहरीले जनाएको छ ।