कोरोना अपडेट : विराटनगरमा १२७ सहित प्रदेशमा ३४३ थपिँदा १० जना डिस्चार्ज

२१ आश्विन २०७७, बुधबार

विराटनगर। असोज २१

मोरङको विराटनगरमा १२७ जना सहित प्रदेशभर ३४३ जना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा जम्मा १० जना डिस्चार्ज हुँदा सो संख्यामा संक्रमण देखिएको छ।

विराटनगरमा ५७ महिला ८० पुरुष रहेका छन्। रतुवामाईमा २ महिला १ पुरुष, बूढीगंगामा २ र उर्लाबारीमा १ पुरुष, पथरीमा ४ पुरुष, रंगेलीमा २ महिला १ पुरुष, ग्रामथानमा १ र धनपालथानमा २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष र सुन्दरहरैंचामा २ महिला १ पुरुष रहेका छन् भने नखुलेको १ महिला र २ पुरुष रहेका छन्।

उता सुनसरीको धरानमा ५३ महिला ६१ पुरुष गरी ११४ जना थप भएका छन् भने बराहक्षेत्रका २ पुरुष, इटहरीका ५ महिला २ पुरुष, गढी र नखुलेको १/१ पुरुष, भोक्राहा र दुहवीका २/२ महिला पुरुष, हरिनगर र सुनसरीका १/१ पुरुष, बर्जु र रामधुनीका १/१ महिला पुरुष र इनरुवाका १ पुरुष छन्।

उता भोजपुरका १/१ महिला पुरुष, धनकुटाको महालक्ष्मीका २ पुरुष, धनकुटा र नखुलेको १/१ पुरुष छन् भने इलामको माङसेबुङ र देउमाइका १/१ पुरुष संक्रमित देखा परेका छन् ।

झापाको कचनकवलका १ महिला र नखुलेका ३ पुरुष, अर्जुनधाराका १ पुरुष, विर्तामोडका २ महिला ४ पुरुष, भद्रपुरका ६ पुरुष, गौरादहका २/२ महिला पुरुष, मेचीनगरका १/१ महिला पुरुष, हल्दिबारीका १ पुरुष र दमकका ३/३ महिला पुरुष, कमलका २ र शिवशताक्षीका १ पुरुष रहेको मन्त्रालयले सार्वजनिक गरेको छ।

उता पाँचथरको फिदिममा १ पुरुष र प्रदेश बाहिरका ४ जना रहेका छन्। बुधबार १३१० पिसीआर परीक्षण गरिएको थियो। प्रेशका विभिन्न आइसोलेसन बाट २ महिला र ८ पुरुष गरी १० जना डिस्चार्ज भएका छन्।

झापा र मोरङका दुई पुरुषको निधन भएको छ भने मृतकको संख्या ८७ पुगेको छ। हालसम्म ४१३२ जना निको भएका छन् भने ४२२८ उपचारका क्रममा छन्।