आजबाट डिभी खुल्दै, निशुल्क यसरी भर्ने

२१ आश्विन २०७७, बुधबार

विराटनगर । असाेज २१

अमेरिकाका लागि सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता बुधबारबाट खुल्दैछ ।नेपालमा रहेकाे अमेरिकी दूतावासले डीभीको लागि आवेदन बुधबार अर्थात् आज राति ९ः४५ बजेबाट खुला हुने सूचना सार्वजनिक गरेकाे छ ।

सर्वसाधारणले डिभी भर्दा कुनै शुल्क लाग्दैन भने घरैबाट पनि यसकाे आवेदन दिन सकिनेछ । प्रतिबर्ष ५ देखि १० हजारसम्म नेपालीले यस चिट्ठामार्फत अमेरिका जान पाउँछन् । डिभी भर्नका लागि राहदानी भने अनिवार्य गरिएकाे छ ।

अमेरिकी  दूतावासले आजदेखि २५ कात्तिकसम्ममा डीभी आवेदन भरिसक्न पनि भनेकाे छ ।

डिभी भर्न यहाँ क्लिक गर्नुहाेस् ।