भू-उपभोग नीति कार्यान्वयनका लागि कित्ताकाट व्यवस्थित गर्न लागिएको विराटनगर महानगरका मेयरको स्पष्टोक्ति

२१ आश्विन २०७७, बुधबार

विराटनगर। असोज २१

मोरङको विराटनगर महानगरपालिकाले केही महिनाभित्रै कित्ताकाटको नीति कार्यान्वयन गर्न लागेको बताएको छ। आगामी हिउँदबाट कित्ताकाटलाई भू-उपयोग नीति पारित गरेर अगाडि बढ्ने बताएका हुन्।

महानगरका प्रमुख भीम पराजुलीले भू-उपयोग नीति पारित गर्नका लागि प्रक्रिया अघि बढाइएको बताउँदै महानगरका विभिन्न क्षेत्रलाई आवास, उद्योग, व्यापारिक र कृषि, खोलानाला, वन आदि वर्गीकरण गरिने बताएका हुन् ।

भू-उपयोग नीति कार्यान्वयन न भएका कारण कित्ताकाट रोकिएको उल्लेख गर्दै तीन तहकै राजश्वमा असर परेको र महानगर अस्तव्यस्त बनेकाले व्यवस्थित बसोवासको व्यवस्थाका लागि आफू लागि परेको बताएका छन्।

महानगरको भू-उपयोग नीति २०६६ ले निर्धारण गरेको परिधि भित्र रली १९ वटै वडाका जग्गाका बारेमा अध्ययन समिति बनाएर काम थालिएको तथा डिल्लीबहादुर कार्की सल्लाहकार रहेको सो समितिले गत असारमै प्रतिवेदन पेश गरिसकेको छ।

घरजग्गा व्यवसायी समेत संलग्न उक्त समितिले महानगरका १,२,३,७,८ ९ र १० लगायत क्षेत्र आवासका लागि र अन्य ४,५,६,११,१२ र १३ नं. क्षेत्र आवास तथा व्यावसायिक प्रयोजनमा लगाउनु पर्ने र बाँकी कृषि तथा उद्योगमा लगाउन प्रतिवेदनमा उल्लेख गरेको छ।

घरजग्गा व्यवसायीको समेत संलग्नता रहेको प्रतिवेदन र अनुसार महानगरले काम थालेको भन्दै केही आलोचना पनि सुनिन थालेको छ। तर सबै वडाका अध्यक्षहरू सदस्य रहने उक्त भू-उपभोग परिषद्ले कम्तिमा १५ हजार घरधुरी थपिएको हेर्न चाहेको महानगर प्रमुखको भनाइ छ।

महानगर हुन बार्षिक ४० करोड आम्दानी र तीन लाख जनसङ्ख्या आवश्यक पर्दछ। विराटनगरमा हाल ४८ हजारभन्दा धेरै घरधुरीहरू रहेका छन्। महानगरको घरधुरी र जनसङ्ख्या थप्न सो नीति कार्यान्वयन गराउन लागिएको नगर प्रमुख पराजुलीको भनाइ छ।

व्यवस्थित नगर र सम्पन्न नागरिकका लागि सो कित्ताकाट महत्वपूर्ण हुने बताउँदै आगामी केही महिना भित्र काम सुरु गर्ने महानगरको योजना छ। यस बारे विस्तृत खबर विजमाण्डुमा प्रकाशित छ।