झापाका जिसस प्रमुखलाई काेराेना संक्रमण

२१ आश्विन २०७७, बुधबार

झापा । असाेज २१

झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना सङ्क्रमण भएको छ । आफूलाई कोरोना पोजेटिभ भएपछि होमआइसोलेसनमा बसेको उनले बताए ।

“लक्षण केही देखिएको छैन”, उनले भने, “मसँग सम्पर्कमा आउनु भएकाहरुले सावधानी अपनाउनु हुन अनुरोध छ ।” जिसस प्रमुख पोर्तेललाई कोरोना पोजेटिभ भएपछि जिल्ला समन्वय समितिको कार्यालय अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जिल्ला समन्वय अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । रासस