धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रंगशालालाई प्रदेश सरकारले दियो तीन करोड

२२ आश्विन २०७७, बिहीबार

काठमाडौं, असोज २२

धुर्मुस-फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको लागि वाग्मती प्रदेश सरकारले रु तीन करोड रकम हस्तान्तरण गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई रु तीन करोड रकमको चेक हस्तान्तरण गरे।

 

कार्यक्रममा मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ काम गरेकामा प्रशंसा गर्दै रङ्गशाला निर्माणको गति तीब्र भएकामा खुशी व्यक्त गरे। उनले रङ्गशाला निर्माण परियोजना छिटो सक्नका लागि शुभकामना दिए।