प्रहरी पाेशाकमा टिकटक बनाउन, भिडियाे बनाउन नपाइने

२२ आश्विन २०७७, बिहीबार
प्रतिनिधिमूलक तस्वीर

काठमाण्डाैँ । असाेज २२ अबदेखि प्रहरीले प्रहरी प्रधान कार्यालय, जनसम्पर्क तथा प्रचार–प्रसार इकाइसँग स्वीकृति नलिई नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक, दर्ज्यानी चिह्न र मोनोग्राम प्रयोग नगर्न, नगराउन आग्रह गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक कुवेर कडायतले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी चलचित्र, टेलिचलचित्र, म्युजिक भिडियो र टिकटकमा प्रहरीको पोशाक लगाएर भिडियो बनाउन नपाइने उल्लेख गरेका छन् ।

प्रहरीको अनुमति विना पोशाक दुरुपयोग गरिए प्रचलित कानून बमोजिम कारबाही हुने पनि विज्ञप्तिमा उल्लेख छ ।