अमेरिकामा दिउँसै बैंक लुटेको आरोपमा नेपाली पक्राउ

२२ आश्विन २०७७, बिहीबार

काठमाडौं।

ह’तियारसहित बैंकमा गएर बैंक लुटेको आरोपमा एक नेपाली पक्राउ गरेका छन् । अमेरिकाको मोन्टगोमेरी काउन्टी पुलिस विभागले सम्राट लामा नामका नेपालीलाई वेल्स फर्गो बैंकको ६०७ नर्थ फ्रेडरिक एभेन्युमा रहेको शाखा लुटेको अभियोगमा पक्राउ गरेको हो ।

रिपोर्टअनुसार यो बैंक मंगलबार स्थानीय समयअनुसार बिहान १० बजेर २ मिनेटको समयमा लुटिएको थियो ।

यसो थियो घटना

  • बिहान लामा बैंकभित्र गएर एक कर्मचारीलाई आफूले बचत खाता खोल्न चाहेको बताएका थिए ।
  • कुराकानीकै क्रममा लामाले आफूले पछाडि बोकिरहेको झोलाबाट एउटा चक्कु निकालेर ती कर्मचारीतिर सोझ्याएका थिए ।
  • त्यसपछि उनले काउन्टरका टेलर कर्मचारीलाई पैसा एउटा प्लाष्टिकको झो’लामा राखिदिन भनेका थिए । त्यसपछि उनी पैसा लिएर भागेका थिए ।

अधिकारीहरुका अनुसार लामाले केही पर रहेका अर्का टेलरसम्म पनि पुगेर अझै पैसा मागेका थिए । लामा बैंक लुटेर भाग्ने प्रयासमा अधिकारीहरुले भेटेर पक्राउ गरेका थिए । लामालाई सेन्ट्रल प्रो’सेसिङ यु’निटमा पठाइएको छ र हतियार देखाएर लुटपाट गरेको आरोपमा मुद्दा चलाइएको छ । (ESIDHAKURA)