
विराटनगर । असाेज २२
गत २४ घण्टामा देशभर ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका मात्रै छन् ।
अब नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।
हालसम्म ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।