आर्थिक वृद्धिदर शून्यमा झर्ने विश्वबैंकको प्रक्षेपण

२२ आश्विन २०७७, बिहीबार

विशाव बैंकले नेपाल लगायत एशियाका अन्य मुलुकको आर्थिक वृद्धिदर अहिलेसम्मकै मन्दीमा रहेको उल्लेख गरेको छ। सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतसम्म पुग्न सक्ने अनुयान गरेको हो ।

चालु आर्थिक बर्ष २०७७/७८ मा नेपाल सरकारले २.२७ प्रतिशत वृद्धि हुने आँकलन गरिरहँदा विश्व बैंकले भने २०२० मा ०.२ मात्र हुने सार्वजनिक गरेको छ।

केन्द्रीय तथ्याङ्क विभागले सो खालको अनुमान सार्वजनिक गरेपनि आर्थिक स्थिति कुन गतिमा छ भन्ने सार्वजनिक गरिएको छैन।

समग्र दक्षिण एसियाली मुलुकहरू कोरोना महामारीको चपेटामा परेका बेला आर्थिक मन्दी छाएको बन्दै विश्व बैंकले सुझाव दिएको छ।

प्रायः सबै देशका पर्यटन मारमा परेको छ भने रोजगारी गुमाउनेको संख्या पनि उतिकै छ। प्रत्येक नागरिकको छ प्रतिशतभन्दा बढीले प्रतिव्यक्ति आय घट्ने छ भने शहरका मजदुरहरूको विशेष परिस्थिति नाजुक हुने प्रक्षेपण रहेको छ।

विश्व बैंकले कमजोर मुलुकको अर्थतन्त्रलाई गति दिन १५ महिनासम्म अनुदान तथा सहुलियत पूर्ण ऋण दिनका लागि १५० करोडभन्दा बढी रकम विनयोजन पनि गरेको छ।