सार्वजनिक स्थानमा पीङ नहाल्न स्वास्थ्य मन्त्रालयकाे सुझाव

२२ आश्विन २०७७, बिहीबार

मन्दिरमा पूजारी बाेलाएर नित्य पूजा मात्र गर्न पनि आग्रह

विराटनगर । असाेज २२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  दसैंमा सार्वजनिक स्थानमा लिङ्गे पिङ तथा रोटेपिङ नहाल्न आग्रह गरेको छ । मानिहरूकाे भीडभाड हुन सक्ने भन्दै नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गाैतमले साे कुरा बताएका हुन् ।

साथै गौतमले घरमै बसेर चाड पर्व मनाउन आग्रह गर्दै सार्वजनिक मठ मन्दिरमा पूजारी मात्र बाेलाएर नित्य पूजा गर्न पनि आग्रह थरेका छन् ।

स्थानीय तह तप्काका व्यक्ति वा संस्थाले आफ्नो क्षेत्रमा कोरोना फैलिन नदिन तुरुन्त मन्दिरमा सक्रिय बनी नित्य पूजा मात्र गर्न र सार्वजनिक स्थानमा पिङ नहाल्न तथा कुनै मेला तथा खेल लखेल्न पनि भनेका छन्। घरमै बसी चाड पर्व मनाउन र  अनावश्यक रूपमा घरबाट ननस्किन तथा निस्कनै परे सामाजिक दूरी कायम गरी मास्क लगाउन पनि उनले आग्रह गरेका छन् ।