यो सालको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइसलाई

२२ आश्विन २०७७, बिहीबार
एजेन्सी । यो बर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लिकलाई दिइने भएको छ। स्कटहोममा आयोजित एक कार्यक्रमका बीच सो घोषणा गरिएको हो।
उक्त पुरस्कार बापत विजेतालाई स्वर्ण पदक तथा १ करोड स्विडिस क्रोनर बराबर रकम पाउनेछन्।
अमेरिकामा जन्मिएर यल विश्वविद्यालयमा प्राध्यापन सयेत गरिरहेकी कवि लुइसले कविता मार्फत व्यक्तिगत भूमिकालाई सर्वव्यापक बनाउन भूमिका खेलेको नोबेल पुरस्कार प्रदाता स्विडिस एकेडमीले बताएको छ।
कविका ‘भिटा नोभा’, ‘प्रुभ्स एण्ड थिएरिज’, ‘फेथफूल एण्ड भर्चुअल नाइट’ जस्ता कविता संग्रह विश्वभर प्रचलित छन्।