Logo

कोरोना अपडेट: विराटनगरमा १०० सहित प्रदेशभर ४११ संक्रमण

Logo 2020-10-08 06-10    अभिमन्यु अभिजित

मोरङको विराटनगरमा १०० सहित प्रदेश १ भर ४११ जना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार गरिएको १६६१ पिसीआर परीक्षणमा अहिलेसम्मकै उच्च संक्रमणका रूपमा सो संख्यामा संक्रमितहरू थपिएका हुन्।

जसमध्ये सबैभन्दा धेरै विराटनगरमा ३४ महिला ६६ पुरुष रहेका छन्। त्यस्तै नखुलेको १ महिला ३ पुरुष, केराबारीका ३ महिला, कटहरीका २ महिला ३ पुरुष, कानेपोखरीका १/१ महिला पुरुष, बेलबारीका ३ महिला ६ पुरुष, रंगेलीका ४ महिला छ पुरुष, सुन्दरहरैंचाका ३ महिला २ पुरुष, उर्लाबारीका ३ महिला ५ पुरुष, धनपालथानका ४ महिला २ पुरुष, सुनवर्षीका २ पुरुष, पथरीका १ महिला २ पुरुष, जहदाकी १ महिला तथा बूढीगंगाका २ महिला ५ पुरुष र लेटाङका ५ महिला २ पुरुष थपिएका छन्।

उता सुनसरीको धरानमा २४ महिला २८ पुरुष, वराहक्षेत्रका १ महिला २ पुरुष, नखुलेका १/१ महिला पुरुष, दुहवीका २ महिला १० पुरुष, इटहरीका २८ महिला ४० पुरुष, रामधुनीका ६ पुरुष, बर्जुका १ पुरुष, गढीका २ महिला १ पुरुष, इनरुवाका १ महिला ४ पुरुष, भोक्राहाका २ पुरुष तथा देवानगञ्जका १ पुरुष रहेका छन्।

साथै उदयपुरको चौदण्डीगढीका १/१ महिला पुरुष, त्रियुगाका ३ महिला, बेलकाका ४ महिला ७ पुरुष, नखुलेको १/१ महिला पुरुष र उदयपुरगढीका १ पुरुष थपिएका छन्।

त्यस्तै झापाको मेचीनगरका ४ महिला ७ पुरुष, भद्रपुरका २ महिला ७ पुरुष, हल्दिबारी र अर्जुनधाराका १/१ महिला पुरुष, बिर्तामोडका १ महिला ३ पुरुष, दमकका ५ महिला १ पुरुष र शिवशताक्षी र बाह्रदशीका १/१ महिला पुरुष छन्।

उता खोटाङमा स्थानीय तह नखुलेका १ पुरुष, भोजपुर र ताप्लेजुङका १/१ पुरुष छन् भने संखुवासभाकी १ महिला पनि छिन्।

इलामको माइ नगरपालिका र सन्दकपुरका १/१ महिला र पुरुष छन् भने धनकुटाका पनि १ पुरुष थपिएका छन्।

भोजपुरमा नखुलेको २ पुरुष र प्रदेश बाहिरका धनुषाका १/१ महिला र पुरुष, सिराहाका २ महिला ६ पुरुष, सप्तरीका३/३ महिला पुरुष तथा सर्लाहीका १ पुरुष रहेको मन्त्रालयले सार्वजनिक गरेको छ।

प्रदेशभरका विभिन्न आइसोलेशनबाट १८० महिला र २७८ पुरुष गरी कूल ४५८ जना निको भएका छन् भने सुनसरीका २ जना पुरुषले ज्यान गुमाएका छन्। योसँगै मृतकको संख्या ८९ पुगेको छ भने ४१०६ जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म ४६६२ जना निको भएर फर्किएका छन्।

प्रदेशको प्रमुख शहर तथा राजधानीको रूपमा रहेको विराटनगरमा तीव्र संक्रमण बढिरहेको छ भने इटहरी र धरानमा पनि बढिरहेका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?